कर्णाली प्रदेशसभा बैठक स्थगित


काठमाडौं – मंगलबार २ बजेका लागि बोलाइएको कर्णाली प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

नैतिक पतन पुष्टि भएका भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने भन्दै नेकपा एमालेले हिजो सदन अवरुद्ध गरेको छ ।

भोलि दिउँसो २ बजेसम्मलाई बैठक स्थगित गरिएको सूचना टाँस गरेर प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया