राउटे युवतीलाई दुर्व्यवहार गरिएकोमा कांग्रेसको निन्दा


काठमाडौं – राउटे समुदायका २ युवतीमाथि भएको दुर्व्यवहारको प्रति नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले निन्दा गरेको छ ।

विभागको भर्चुअल बैठकले राउटे समुदायका युवतीमाथि भएको यौन शोषणको घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको हो ।

सो घटनाको सत्यतथ्य छानविन गर्न र पीडितलाई क्षतिपूर्तिसहित न्याय दिलाउने पहल गर्न विभागकी केन्द्रीय सदस्य खगिसरा आचार्यलाई खटाउने निर्णय समेत विभागले गरेको छ ।

विभागकी सचिव लक्ष्मी खतिवडाले निषेधाज्ञाका कारण समस्यामा परेका दैनिक ज्यालादारी गर्ने विपन्न वर्गका लागि विशेष प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको जानकारी दिइन् ।

विभागले सबै उमेर समूहका नागरिकलाई तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था गर्नसमेत माग गरेको छ ।

प्रतिक्रिया