ओछ्यानमै गोली हानी युवतीको हत्या


रौतहट – रौतहटको माधवनारायण नगरपालिकामा एक युवतीलाई गोली हानी हत्या गरिएको छ ।

माधवनारायण नगरपालिका वडा नं. ७ स्थित लौकाहा टोलमा राती सुतीरहेको अवस्थामा रामअयोध्या साहकी १८ वर्षीया छोरी अमृता कुमारीको राति गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठका अनुसार राती करिब ११ बजेतिर घटेको उक्त घटनाबाट अमृताको ओछ्यानमै मृत्यु भएको हो ।

उक्त घटनामा संलग्नको खोजी कार्य भइरहेकोले घटनाबारे अन्य कुरा अहिले नै भन्न नसकिने डीएसपी पौडेलले बताए ।

घटनाको अनुसन्धान सुरु गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया