

मोरङमा करिब ५ लाख बराबरको अवैध मदिरा बरामद

मोरङ – मोरङ प्रहरीले करिब ५ लाख बराबरको अवैध मदिरा बरामद गरेको छ ।
प्रहरीले मोरङ जहदा गाउँपालिका वडा १ बुद्ध नगरस्थित उत्तर दक्षिण सडक खण्डको खाली जग्गामा को ३२ प ९५२१ नं को होन्डा र को २० प ८७६१७ नम्बरको पल्सर मोटरसाईकलमा लोड गरी बेवारिसे अवस्थामा राखिएको बिभिन्न ब्राण्डका ४ लाख नब्बे हजार ५ सय मूल्य बराबरको अवैध मदिरा मदिरा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार हिजो राती साढे ११ बजेको समयमा दिलवाले लेखिएको ३०० मिली ग्रामको ३०९ काटुन, उमंग लेखिएको ३०० मिली ग्रामको २७७ काटुन र विभिन्न ब्रान्डको खुल्ला मदिरा १ हजार ९०० बोतल बरामद गरेको हो ।

