आयल  निगमले घटायो अन्तर्राष्ट्रिय उडानतर्फ हवाइ इन्धनको मूल्य


काठमाडौँ – नेपाल आयल निगमले हवाइ इन्धन (अन्तर्राष्ट्रिय उडानतर्फ) को मूल्य घटाएको छ ।

गएराति १२ बजेदेखि लागू हुने गरी हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटरमा १७८ अमेरिकी डलर घटाउने निर्णय भएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा कोरोनाको कारण सिर्जित वर्तमान अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाइ इन्धनमा बढीमा १९ प्रतिशतसम्म नाफा राखी मूल्य निर्धारण गर्ने नीति पारित भएकाले साविकको विक्री मूल्य अमेरिकी डलर ८९३ प्रतिकिलोलिटरमा १७८ ले घटाइ ७१५ प्रतिकिलो लिटर अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ ।

आयल निगमले शनिबार डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा २ रुपैयाँले बृद्धि गरिएको थियो ।

मूल्यबृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

 

प्रतिक्रिया