आन्तरिक हवाई उडानको भाडा बृद्धि (सूचीसहित)


काठमाडाैं – आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका छन् ।

भोलिदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।सबैभन्दा धेरै विराटनगर-नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले बढेको छ ।

यस्तै, काठमाडाैं-धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै काठमाडाैं-भद्रपुरको तीन सय, काठमाडाैं-सुर्खेतको तीन सय ४५ र काठमाडाैं-नेपालगञ्जको तीन सय ३० रुपैयाँ भाडा बढेको छ ।

नेपाल आयल निगमले एक सय १२ रुपैयाँ ९२ पैसामा खरिद गरेको आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा राखेर एअरलाइन्सलाई बेच्दै आएको छ । एअरलाइन्स कम्पनीहरुले निगमले कम नाफा राखेर इन्धन उपलब्ध गराउन माग गर्दै आएका छन् ।

प्रतिक्रिया