फेरि बढ्याे पेट्रोलियम पदार्थकाे मूल्य : पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ


काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य बढाएको छ। निगमले प्रतिलिटर रु ८ ले मूल्यवृद्धि गरेको हो। आज (बिहीबार) राति १२ बजेदेखि लागू हुनेगरि निगमले ईन्धनको मूल्य बढाएको हो ।

मूल्यवृद्धिसँगै पेट्रोलको भाउ १७८ प्रतिलिटर पुगेको छ । निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाएको छ । यस्तै, खान पकाउने ग्याँसको मूल्य भने यथावत छ ।

यसअघि निगमले १० रुपैयाँ मूल्य घटाएको भएपनि फेरि अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको कारण देखाउँदै मूल्य बढाएको हो। निगमले डिजेल र मट्टितेलको भाउ पनि प्रतिलिटर १२ रुपैयाँ बढेको छ। यससँगै डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६५ रुपैयाँ प्रतिलिटर पुगेको छ।

प्रतिक्रिया