नयाँ मूल्य सूचीमा घट्याे पेट्रोलियम पदार्थको मूल्य : निगम


काठमाडाैं – पेट्रोलियम पदार्थको मूल्य घटेर आएकाे छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले शक्रबार नेपाल आयल निगमलाई पठाएकाे नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूलय घटेर आएकाे हाे।

नेपाल आयल निगमका अनुसार शुक्रबार आएकाे नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ।

डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको छ। यस्तै, मट्टितेलको मूल्य लिटरमा २२ रूपैयाँ १९ पैसाले बढेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले जनाएको छ।

त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमै २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको निगमले जनाएको छ। निगमका अनुसार हाल पेट्रोल प्रतिलिटर २७ रुपैयाँ र डिजेलमा ३२ रुपैयाँ घाटा छ।

मट्टितेलमा १ रुपैयाँ ९९ पैसा नाफा र हवाई इन्धनमा आन्तरिकतर्फ १२ रुपैयाँ ८४ पैसा तथा बाह्यतर्फ ६१ रुपैयाँ नाफा छ।

प्रतिक्रिया