सोह्रखुटे वृत्तका डिएसपी टेकु तानिए


काठमाडौं – कार्यक्षमता सन्तोषजनक नभएको र आर्थिक उपचलनको गुनासा बढेको भन्दै महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दीपक खड्कालाई तानेको छ।

खड्काविरुद्ध कार्यालयमा आउने सेवाग्राहीलाई चुस्त सेवा नदिएको तथा निषेधाज्ञाको समयमा पनि ठमेलमा रात्रीकालीन व्यवसायी सञ्चालन गर्न दिने गरेकोजस्ता गुनासो रहेको रानीपोखरी कार्यालयले बतायो।

आर्थिक अपचलन गरेको उजुरी परेपछि रानीपोखरीले छानबिन समिति नै बनाएर डिएसपी खड्कामाथि अनुसन्धान थालेको थियो।

छानबिन समितिले दोषी ठहर गरेपछि रानीपोखरी कार्यालयले नैसियतसहित कारबाही गरेको हो। अधिकृत लेभलमा नैसिहयत भनेको ठूलो कारबाही हो। खड्कालाई महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा पठाएको छ।

खड्का तानिएपछि उनको स्थानमा अहिलेसम्म कसैलाई पठाएको छैन। सरुवाको समय पुगेपछि खड्का विगत १६ महिनादेखि साह्रखुट्टेमा कार्यरत थिए।

प्रतिक्रिया