

सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार, तीन जना पक्राउ

काठमाडौँ – सिरहाको मिर्चैयामा अज्ञात समूहले गोली प्रहार गर्दा एक जना औषधि व्यवसायी घाइते भएका छन् ।
शनिबार राती मिर्चैया नगरपालिका ५ को मूख्य चोकमा औषधि पसल सञ्चालन गर्दै आएका ३९ वर्षीय रामसागर साफीलाई ४ जनाको समूहमा आएको अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार गोली प्रहारबाट औषधि व्यवसायी साफी गम्भीर घाइते भएका छन्। साफीको दायाँ खुट्टा र हातमा गोली लागेको छ। उनको मिर्चैयास्थित मंगलम हेल्थ केयरमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। गोली प्रहारमा संलग्न रहेको अशंकामा तीन जनालाई पक्राउ गरिएको उनले बताए।

