

१२ किलो गाँजासहित तीन पक्राउ

काठमाडौं – प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ४७ वर्षीय हिराबहादुर मोक्तान, २४ वर्षीय रामकुमार मोक्तान र २४ वर्षीय ठाकुर सुनार छन्।
प्रहरी चौकी चैनपुरबाट खटिएको टोलीले शनिबार दिउँसो उनीहरूलाई काक्सिराङ गाउँपालिका-५ बाट पक्राउ गरेको हो।
पैदल हिँडिरहेका उनीहरूले बोकेको झोलामा १२ किलो ३ सय ग्राम गाँजा फेला परेको मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए। पक्राउ परेकालाई हिरासतमा लिएर आवश्यक कारबाही थालिएको उनले बताए।

