

हतियारसहित दुई पक्राउ

धनुषा – धनुषामा हतियारसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार धनुषाबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धनुषाको सहिद नगर नगरपालिका–२ बस्ने २५ वर्षिय उत्तिमलाल पासवान र १९ वर्षिय निपुल यादव रहेका छन् ।
उनीहरुलाई बुधबार साँझ यदुकोहाबाट भारतको महिनाथपुर जाने क्रममा प्रहरी चौकी तिनकौरियादेखि ५०० मिटर उत्तरमा विशेष सूचनाको आधारमा जाँच गर्दा कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको बताइएको छ ।

