

प्राङ्गारिक कृषि उत्पादनमा अग्रसर गराउँदै स्थानीय सरकार

बिर्तामोड–पूर्वकै प्रमुख व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएको झापाको विर्तामोड नगरपालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ । त्यसमा पनि अग्र्यानिक कृषि उत्पादनलाई विशेष जोड दिएको छ । कृषि उत्पादनलाई प्राथमिकता दिएकै कारण विर्तामोड नगरपालिका अहिले कृषि उत्पादनका हिसाबले आत्मनिर्भर बन्दै गएको छ । नगरपालिकाका कृषि शाखा अधिकृत राजेन्द्र कडरिया कृषि क्षेत्रमा उल्लेख्यमा लगानी गरेकै कारण नगर अहिले तरकारी र खाद्यान्नमा आत्मनिर्भर हुने अवस्थामा पुगेको बताउछन् ।
स्थानीय तह पुनःसंरचनापछि बनेको विर्तामोड नगर सरकारले पहिलो आर्थिक वर्ष २०७४र७५ मै कूल बजेटको ७.४७ अर्थात् रु एक करोड ७५ लाख बजेट कृषि क्षेत्रको विकासका लागि छुट्याएको थियो । आव २०७५र७६ मा रु एक करोड ८० लाख, आव २०७६र७७ मा रु एक करोड ९० लाख र चालू आर्थिक वर्ष २०७७र७८ मा रु एक करोड ८० लाख बजेट विनियोजन गरिएको छ ।
चालू आर्थिक वर्षसहित स्थानीय सरकार सञ्चालनको चारवर्षे अवधिमा नगरको कूल बजेट रु तीन अर्ब छ करोड ८४ लाख ८० हजार छ । जसको २.३६ प्रतिशत अर्थात् रु सात करोड २५ लाख नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि विनियोजन गरेको देखिन्छ । विर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले स्थानीय तह निर्वाचनताका नै अग्र्यानिक कृषि उत्पादनलाई विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै आउएका थिए । आफ्नो चुनावी एजेण्डालाई स्थापित गर्न र नगरवासीको दैनिकीसँग जोडिएको महत्वपूर्ण पाटो कृषिलाई प्रवद्र्धन गर्न विभिन्न योजना उनले ल्याएका छन् । जसको परिणाम अहिले नगरपालिका कृषिमा आत्मनिर्भर हुँदै गएको हो ।
नगर क्षेत्रमा हुने अधिकांश कार्यक्रममा नगरप्रमुख शिवाकोटी अग्र्यानिक कृषिका विषयमा जोड दिन्छन् । अग्र्यानिक कृषि उत्पादनलाई प्रोत्साहन गर्नकै लागि नगरपालिकाले मेयर विषादीमुक्त नगर कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ ।
बन्दाबन्दीमा कृषकलाई साथ
कोरोना महामारीका कारण गत चैत ११ देखि मुलुक पूर्णरूपमा बन्दाबन्दी भएका बेला नगरपालिकाले कृषकलाई साथ दिएको थियो । नगर क्षेत्रमा उत्पादिन तरकारीलाई गाडीमा हालेर टोलटोलमा पु¥याइएको थियो । नगरवासीले सहुलियत मूल्यमा अग्र्यानिक तरकारी उपभोग गर्न पाउनुका साथै कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणमा मद्दत पुगेको थियो । अन्यत्रका कृषकले तरकारी नबिकेर फालेको समाचार आइरहँदा यहाँ कृषकलाई उत्पादन बेच्न कुनै समस्या छैन । यसले समेत कृषकमा उत्साह थपेको छ ।
एक समूह, एक उत्पादन
सामूहिक खेतीको विकास गर्न नगरपालिकाले ‘एक समूह, एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको छ । सामूहिक खेती गर्ने कृषकलाई बीउ तथा मलखादमा विशेष सहयोग गरिएको छ । नगरपालिकाले आव २०७६र७७ मा पाँच नगदेबाली तोरी, राज्मा, आलु, फापर र सूर्यमुखी फूलखेतीको प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन ग¥यो ।
पहिलोपटक कार्यक्रम शुरु गरिए पनि कृषकको उल्लेख्य सहभागिता रहेको कृषि शाखा प्रमुख कडरियाले बताए । उनले भने, ‘पाँचवटा समूहले ९८ बिघामा तोरी, एकवटा समूहले १८ बिघामा राज्मा, दुईवटा समूहले १० बिघामा आलु, एकवटा समूहले २० बिघामा फापर र दुईवटा समूहले ४५ बिघामा सूर्यमूखी फूलखेती गरेका थिए । यो वर्ष खेतीको क्षेत्रफल अझ बढ्ने छ । उत्पादन राम्रो भएपछि कृषक उत्साहित भएका छन् ।’ यो वर्ष ३०० बिघामा तोरी, ६० बिघामा राज्मा, ६० बिघामा फापर, ५० बिघामा सूर्यमुखी फूल र ४० बिघामा आलुखेती गर्नका लागि कृषकलाई सहयोग उपलब्ध गराइने उनले बताए ।
कृषिमा यान्त्रिकीकरण
नगरपालिकाले कृषिलाई युगसापेक्ष र प्रविधियुक्त बनाउन कृषि यान्त्रिकीकरणमा जोड दिएको छ । किसानसँगको लागत साझेदारीमा खनजोतदेखि काट्ने, छोडाउनेसम्मका प्रयोजनका लागि कृषि उपकरण उपलब्ध गराएको छ । हालसम्म १८ वटा पावरटिलर, ६७ वटा मकै छोडाउने मेसिन र २८ धान काट्ने मेसिन ७० देखि ८५ प्रतिशतसम्म लागत साझेदारीमा कृषि सहकारी, कृषक समूह र कृषकलाई उपलब्ध गराइएको छ ।
जमिनमा सिँचाइ सुविधा पु¥याउन नगरपालिकाले हालसम्म ३३७ वटा मोटर बोरिङ स्थापना गरेको छ । जसले एक हजार १८० बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ । चालू आर्थिक वर्षमा समेत १५० वटा साना सिँचाइ कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । जसबाट थप ५२५ बिघा जमिनमा सिँचाइ सुविधा पुग्ने भएको छ । यो कार्यक्रमका लागि सहारा नेपालसँग लागत साझेदारी गरिएको छ ।
पकेट कार्यक्रम
नगरभित्र ‘पकेट कार्यक्रम’ अन्तर्गत दुईवटा धान पकेट र एक च्याउ पकेट कार्यक्रम सञ्चालित छन् । धान पकेट कार्यक्रमअन्तर्गत कृषकलाई बीउ, तालिम, सिँचाइ र कृषियन्त्र उपलब्ध गराइको छ भने च्याउ पकेट कार्यक्रमअन्तर्गत बीउ, यन्त्रहरु र च्याउ घर निर्माण गरिएको छ ।
त्यस्तै मेयर विषादीमुक्त नगर कार्यक्रमअन्तर्गत ११४ जना कृषकले विषादीरहित तरकारी उत्पादन गरिरहेका छन् । कार्यक्रममा आबद्ध कृषकलाई तालिम, प्रविधि, कृषि औजार र उत्पादन सामग्रीमा सहयोग गरिएको छ । कृषकलाई कृषि प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले १० वटा समूहमा कृषक पाठशालासमेत सञ्चालन गरिएको छ ।
नगरपालिकाले माटोको उर्वरशक्ति बढाउन र माटोको अम्लियपन कम गर्न कृषि चुन वितरण गर्दै आइरहेको छ । हालसम्म २७३ टन कृषि चुन वितरण गरिसकिएको छ भने धान तथा मकै बालीमा देखापरेको रोग तथा कीरा नियन्त्रणका लागि निःशुल्क विषादी वितरण गरेको छ र गरिरहेको छ । नगरपालिकाले फलफूल उत्पादनमा प्रोत्साहन गर्न हालसम्म ३२ हजार विभिन्न फलफूलका बिरुवा वितरण गरेको छ भने चालू आवमा १२ हजार थप वितरण गर्ने योजना बनाएको छ ।
अबको योजना
उत्पादनमा उल्लेख्य सफलता मिलेपछि नगरपालिकाले कृषि बजार व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ । बिचौलीया मोटाउने र कृषक दुब्लाउने अवस्थाको अन्त्य गर्दै कृषकलाई मेहेनतको प्रतिफल, उपभोक्तालाई अग्र्यानिक र सुलभ मूल्यमा कृषि वस्तु उपलब्ध गराउने योजना बनाइरहेको छ ।
बजार व्यवस्थापनका लागि यहाँस्थित कृषि थोक बजारभित्र मुख्य तरकारी सङ्कलन केन्द्र र बिक्री केन्द्रहरु निर्माण गरी सञ्चालनमा ल्याइने भएको छ । बिक्री केन्द्रलाई नगरका अन्य क्षेत्रमा समेत सञ्चालनमा ल्याउने योजना छ । नगर क्षेत्रभित्रका कृषकले उत्पादन गरेका तरकारी अग्र्यानिक भएकाले बजारीकरण गर्न सहज हुने प्रमुख कडरियाको विश्वास छ ।
(रासस)

