तालिम केन्द्रका एसएसपी श्रेष्ठमाथि सिपाहीको कट्टुमा समेत कमिशन लिएको आरोप


कञ्चनपुर– नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश तालिम केन्द्रका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) प्रदिप श्रेष्ठलाई प्रशिक्षार्थी सिपाहीका टिनको बाकसदेखि विविध सामग्री खरिदमा कमिशन खोजेको आरोप लागेको छ।

तालिम केन्द्रमा पुगेका करिब ६ सय जनाका लागि चाहिने आवश्यक सामग्री खरिदमा श्रेष्ठले कमिशन माग गरेको बताइन्छ।

तालिमपूर्व चाहिने दैनिक प्रयोगका ओड्ने ओछ्याउनेदेखि टुथ ब्रस सम्मका समान छन्। ति समान किन्न प्रतिव्यक्ति १५ देखि २० हजारसम्म उठाइएको छ।

एसएसपी श्रेष्ठले सिरक, डसना, तन्ना र टिनको बाकसमा प्रतिव्यक्ति  एक हजार लिएर डोटी पिपल्लाका एक व्यापारीलाई कामको जिम्मेवारी दिएका छन्। ति व्यापारी मुस्लिम समुदायका हुन्।

बजारमा किन्न जाँदा १ हजार दुई सय रुपैंया पर्ने टिनको बाकसको एक हजार ५ सय, २ हजार आठ सय पर्ने सिरक डस्नाको ३ हजार पाँच सय लिएर एसएसपी श्रेष्ठले प्रशिक्षार्थीलाई आर्थिक भारमा पार्दै कमिशन लिएको बताइन्छ।

त्यसैगरी ट्रयाककसुट नेपालगञ्ज र भित्री वस्त्रहरु धनगढीको व्यापारीसँग कमिशनको मोलमोलाई गरी महँगो मूल्यमा बेच्न लगाएका छन्।

समान खरिदका लागि देखाउन ईन्सपेक्टर रणबहादुर चन्द र सई शोभान जब्रेलसहितको समिति बनाइएको भए पनि एसएसपी श्रेष्ठले सबै व्यापारीहरुसँग आफैं सम्झौता गरी सामान झिकाएको बताइन्छ।

ति सबै सामान गुणस्तरहिन छन्। २२ गेजको बाकस ३० गेजको तथा सिरकमा कालो रुइ हालेको छ। मंगल जम्मा ६ सय १२ जना प्रशिक्षार्थी आउनु पर्नेमा ५३ जना अनुस्थित भएका छन्।

यता एसएसपी श्रेष्ठले भने समान खरिदमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। अनलाइनन्युज सेभेनका कञ्चनपुर प्रतिनिधिसँगको कुराकानीमा उनले समान खरिदका लागि छुट्टै समिति बनाइ दिएको र सो समितिले गरेको कामको आफूलाई जानकारी नभएको बताए।

पछिल्ला १५ महिनादेखि तालिम केन्द्र दिपायलमा कार्यरत एसएसपी श्रेष्ठले अघिल्लो वर्ष पनि यस्तै गतिविधिहरु गरेर रकम असुलेको तालिम केन्द्र स्रोतले जानकारी दियो।

अघिल्लो वर्ष नै कारवाहीमा परेका श्रेष्ठलाई अन्तिम समयमा तत्कालिन डिआईजी ताराणीप्रसाद लम्सालले जोगाएका थिए। बुडरस्थित तालिम केन्द्र भित्रका रुख काटेर बेचेको लगायतका विषयमा उजुरी परेपछि प्रहरी मुख्यालयले छानबिनका लागि एसपी विष्णु केसीको नेतृत्वमा टोली पठाएको थियो।

सो टोलीले कारबाही सिफारिस गरेको भए पनि डिआईजी लम्सालले आईजीपी ठाकुर ज्ञवालीसँग भनसुन गरेर जोगाएका थिए।

प्रतिक्रिया