एनआईसी एशिया लघुवित्तका ग्राहकले पाए व्याज रकममा १० प्रतिशत छुट


काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई व्याज रकममा १० प्रतिशत छुट दिएको छ । संस्थाले ब्याज रकममा १० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने योजना अन्तर्गत ग्राहकलाई बैंशाख महिनाको व्याजमा सो मात्राको छुट दिएको हो ।

संस्थाले आफ्ना सेवाग्राहीलाई यस असहज परिस्थितिमा केहि मात्रामा भएपनि सहयोग गर्ने अभिप्रायले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गतेदेखि ३१ गतेसम्ममा बुझाएमा सम्बन्धित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने योजना बैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो ।

सोही योजना अनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४ हजार ६७६ ऋणी सदस्यले यस संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधि भित्र बुझाई यस योजनामा सहभागी भएका छन् । साथै, उनीहरुले यस योजनामा सहभागी भए वापत ब्याजमा जम्मा १५ लाख १८ हजार २०२ रुपैयाँ छुट पाएका छन् । साथै, ग्राहकको ब्याज छुट रकम सम्बन्धीत ऋणीको बचत खातामा जम्मा गरिसकेको जानकारी गराएको छ ।

संस्थाले हाल ६९ जिल्लामा २४७ शाखा कार्यालय सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया