

फ्रान्सेली नागरिकसहित ३ जना मृत फेला

काठमाडौं – काठमाडौं, गुल्मी र ताप्लेजुङमा गरि एक फ्रान्सेली नागरिकसहित ३ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–६ बौद्व नयाँबस्ती डेरा गरी बस्ने राहदानी नम्बर ०८ सिके ०४१२३ वाहक फ्रान्सेली नागरिक ६५ वर्षीय मार्क गेरार्ड बाजुस आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन्।
यस्तै, गुल्मीको मदाने गाउँपालिका–६ घिउपानी बस्ने ३४ वर्षीय रामबहादुर नेपाली स्थानीय रातामाटा खर्सेटा बुहारी खोला नजिक मृत अवस्थामा फेला परेका छन्। तीन दिनअघि घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा हिजो उनको शव फेला परेको हो।
त्यसैगरी, ताप्लेजुङको फुङलिङ नगरपालिका–१ आहाले तीनघरे बस्ने ५८ वर्षीय हर्कबहादुर शिवा स्थानीय नव निर्मित वडा कार्यालय भवन अगाडिको नालीमा मृत अवस्थामा फेला परेका छन्।

