सिरहामा करेन्ट लागेर एक जना पुरुषको अकालमै मृत्यु


सिरहा – सिराहामा करेन्ट लागेर एक जना पुरुषको अकालमै मृत्यु भएको छ । सिरहाको नबराजपुर गाउँपालिका वडा नम्बर २ मझौरा को एक जना ३५ बर्षिय लक्ष्मण महतोको करेन्ट मृत्यु भएको हो ।

शुक्रबार बिहान सौच गरेर हात मुख धुनेक्रममा कलमा जडान गरिएको पानी तान्ने मोटरमा बिधुत प्रवाह भई महतो लाई करेन्ट लागेको थियो ।

महतो लाई शरीरमा बिधुत प्रवाह भई उपचारको लागि अस्पताल लैजादै गर्दा  बीच बाटो मै मृत्यु भएको उनको परिवारले जानकारी दिए । उनको सवलाई लहान ३ स्थित रहेको रामकुमार उमा प्रसाद स्माग अस्पतालमा पोस्ट मार्टमको लागी राखीएको छ। पोस्ट मार्टम पछी शव परिवार जनको जिम्मा लगाउने अस्पताल श्रोतले जानकारी दिए।

हाल लहान नगरपालीका वडा नम्बर ८ स्थित ससुराली घरमा केहि बर्ष देखि बस्दै आएका थिए ।

प्रतिक्रिया