

सुसाइड नोट लेखेर द डेन्टल सिटिका निर्देशक झा बेपत्ता

भक्तपुर – भक्तपुरको ठिमी स्थित द डेन्टल सिटिका निर्देशक डा. दिगम्बर झा बेपत्ता भएका छन् ।
उनले आफ्ना बाबु, आमा र दिदीका कारण आफूले आत्महत्या गर्न गइरहेको बताउँदै सुसाइड नोट लेखेर बेपत्ता भएका हुन् ।
अंग्रेजीमा लेखिएको उक्त सुसाइड नोटमा बाबा, दिदी र आमाले तनाब दिएको उल्लेख छ । यस बारेमा अन्य जानकारी प्राप्त हुन सकेको छैन ।
उनी मंगलबार बिहानदेखि आफ्नो कार लिएर बेपत्ता भएको जनाइएको छ । सामाजिक सञ्जाल फेसबुकमा उनी बा.१६. ८६७९ नम्बरको वागेन आ कारसहित बेपत्ता भएको जनाइएको छ ।
उनी निर्देशक रहेको द डेन्टल सिटिमा सम्पर्क गर्दा कार्यालय नआएको जनाइएको छ । उनलाई चिन्नेहरूले सामाजिक सञ्जालमार्फत उध्दारका लागि अनुरोध समेत गरेका छन् ।


