

शिव परियार र रचना रिमालको ‘सुनको चन्द्रमा’ (भिडियो)

काठमाडा – चर्चित गायक शिव परियार र रचना रिमालको स्वर रहेको गीत ‘सुनको चन्द्रमा’ को भिडियो सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा कलाकार पुष्प आचार्यको शब्द रहेको छ।
गीतमा ओम सुनारको एरेन्ज रहेको छ। गीतको भिडियोमा शंकर बिसी, शोभित बस्नेत ,उत्सव अधिकारी, दीपा–दामन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय रहेको रहेको छ। गीतको भिडियो भरतपुरको पटिहानीमा छायांकन गरिएको हो।
यस गीतको भिडियोमार्फत पर्यटकीय छवि बनाउन सफल पटिहानीको अम्रेला स्ट्रिट ,राप्ती नदि ,थारु सस्कृति,बोटे सस्कृति, हात्ती सफारी र थारु कल्चरलाई देखाउन खोजिएको छ।
शंकर बिसीको निर्देशक तथा कोरियोग्राफर रहेको ‘सुनको चन्द्रमा’ लाई दुर्गा पौडेलले छायांकन गरेका हुन्। नबिन घर्तिमगरको सम्पादन रहेको यस गीतलाई रबि एण्ड उषा मिडियाले निर्माण गरेको हो।
महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीत गायक शिव परियारको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

