

मोरङको रंगेलीमा बेवारिसे अवस्थामा महिलाको शव फेला, परिवारकै चारजना पक्राउ

विराटनगर – मोरङको रंगेली नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला परेको छ ।
रंगेली नगरपालिका-३ को नहरखण्डमा हत्या गरी फालिएको अवस्थामा २४ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार पानी नरहेको नहरको बीच भागमा घाँटी रेटिएको अवस्थामा २४ वर्षीया अनिता यादवको शव फेला परेको हो ।
अनिताको शव नहरमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । यादवको घर घटनास्थलबाट करिब दुई किलोमिटर टाढा मात्रै छ ।
प्रहरी स्रोतका अनुसार हत्यामा परिवारकै संलग्नताको आशंका गरिएको छ । प्रहरीले घटनाको अनुसन्धाका लागि मृतकका श्रीमान्, सासु, ससुरा र देवरलाई पक्राउ गरेको छ ।

