अभियन्ता पाण्डेले गरे ३५ हजार मास्कसहित स्वास्थ्य सामाग्री सहयोग


मेलम्ची – युवा व्यवसायी एवं सामाजिक अभियन्ता मनिषराज पाण्डेले कोरोना महामारी बढिरहेका बेला मेलम्ची नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

बुधबार नगरपालिकाका मेयर डम्बर अर्याल र उपमेयर भगवती नेपाललाई कोरोनाबाट जोगिनका लागि आवश्यक पीपीईसेट, मास्क र स्यानिटाइजर हस्तान्तरण गरिएको हो ।

पाण्डेले आफ्नो व्यक्तिगत सहयोगमा ३५ हजार मास्क, १ सय लिटर स्यानिटाइजर र २५ थान पिपिई सेट उपलब्ध गराइएको बताए । नगरपालिकाका ११ वटै वडाका नागरिकका लागि नगरपाकिलाले सो स्वास्थ्य सामाग्री वितरण गर्नेछ ।

पछिल्लो समय मेलम्ची नगरपालिकामा पनि कोरोना संक्रमितको दर थपिइरहेका बेला प्राप्त स्वास्थ्य सामाग्रीले कोरोनाविरुद्दको लडाईमा सहयोग पुग्ने भन्दै नगरपालिकाले जनाएको छ ।

युवा सामाजिक अभियन्ता पाण्डेले कोभिड संक्रमण बढ्दै जानु चिन्ताको विषय भएको भन्दै सहयोगको अभियान जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया