

राष्ट्रियसभा चुनावबारे आन्तरिक छलफलमै विवेकशील

काठमाडौं – बिहिबार हुने राष्ट्रिय सभाको उप-निर्वाचनमा कसलाई मत दिने भन्नेबारेमा विवेकशील साझा पार्टी अझैं आन्तरिक छलफलमै व्यस्त छ ।
बागमती प्रदेशसभामा विवेकशील साझाका ३ जना सदस्य रहेका छन् । कुल १ सय ४४ मतभार रहेको विवेकशील साझाको आज साँझ बस्ने बैठकले निर्णय लिने संसदीय दलका नेता रमेश पौडेलले जानकारी दिए ।
बागमती प्रदेशसभामा ३ सांसद रहेको राप्रपाले भने एमाले उम्मेदवारलाई सघाउने निर्णय गरिसकेको छ ।

