

तनहुँमा मृत अवस्थामा महिलाको शव भेटियो, एक युवक प्रहरी नियन्त्रणमा

काठमाडौं – तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन्। २७ वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन्।
मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ। स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गर्दै प्रहरीलाई दबाब दिएका छन्।
प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिए।
‘घटनाबारे अनुसन्धान गरिरहेका छौँ थप विवरण अनुसन्धानपछि आउँछ’, डिएसपी तिमिल्सिनाले भने।

