एमाले नेता पुनको निधन


काठमाडौं – नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य सतमान पुनको निधन भएको छ। बाँकेको कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार विहान उनको निधन भएको हो।

भूमी सम्बन्धि समस्या समाधान आयोग रुकुम पूर्वका अध्यक्ष समेत रहेका पुनलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण भएर अवस्था जटिल बनेपछि गत ३१ वैशाखमा जिल्ला अस्पताल रुकुम पश्चिम लगिएको थियो।

त्यसपछि पनि अवस्था ठिक नभएपछि जेठ १ गते हेलिकोप्टर मार्फत उनलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो।

नेता पुन केही समय रुकुम पूर्वको पार्टी संयोजक भएर पनि काम गरेका थिए।

प्रतिक्रिया