चौतारामा एकैदिन १४६ संक्रमित, सिन्धुपाल्चोकमा ९५३ पुग्यो


चौतारा – चौतारा साँगाचोकगढी नगरपालिकामा एकैदिन एक सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो सँगै सिन्धुपाल्चोकमा कोरोनाको दोस्रो लहरमा संक्रमित हुनेको संख्या ९ सय ५३ पुगेको छ ।

सोमबार संक्रमितको संख्या सात ७ सय ६९ थियो । मंगलबार दिउसो ३८ थपिएको थियो । त्यो सँगै चौतारा साँगाचोकगढी नगरपालिकाबाट १४६ थपिएपछि कुल संक्रमितको संख्या नौ सय ५३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

चौतारामा देखिएका संक्रमितमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका छन् ।

प्रतिक्रिया