कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु


सिरहा – सिरहामा कोरोना संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ । लहान नगरपालिका वडा ६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए । उनका अनुसार डा.चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए ।

सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए । ३५ वर्षीय डा.चौधरी लहानमा डाइग्नोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए ।

प्रतिक्रिया