

राेकिएन लागूऔषध ओसारपोसार, खैरो हेरोइनसहित झापाबाट ३ जना पक्राउ

झापा – झापा जिल्लाको झापा गाउँपालिका–२ स्थित झापा बजारबाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा बजार बस्ने २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ घर भएका १९ वर्षीय प्रताप लिम्बु छन् । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
आरोपीहरुको साथबाट ५ सय ३० मिलिग्राम अवैध लागुऔषध खैरो हेराइन बरामद गरिएको छ । हेरोइन जोख्ने २ थान डिजीटल तराजु पनि उनीहरुको साथमा फेला परेको छ ।
उनीहरुबारे लागु औषध मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

