१२ किलो गाँजासहित दुई पक्राउ


तनहुँ – तनहुँको भानु नगरपालिका–६ पड्के पसलबाट १२ किलो ६०० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–७ बस्ने २९ वर्षीय क्षेत्रकुमार चेपाङ र सोही ठाउँ बस्ने १८ वर्षीय दीपबहादुर प्रजा रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।

प्रतिक्रिया