

कोरोनाको मौकामा जुवा खेल्दै गर्दा थानकोट प्रहरीको जुवा अड्डामा प्रहरीको छापा

काठमाडौं – चन्द्रागिरि नगरपालिका १३ किटनी भञ्ज्याङ स्थित सफल भ्याली भ्यु रेष्टुरेन्ट बाट प्रहरीले जुवातास (सट्टाबाजी)खेली रहेको अबस्थामा अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले १३ किटनी भञ्ज्याङ स्थित सफल भ्याली भ्यु रेष्टुरेन्ट एण्ड रिसोर्टको उत्तर मोहोडा तर्फ रहेको चेन्जिङ कोठा भित्र अवैध रुपमा पैसाको हारजित हुने गरी जुवातास (सट्टाबाजी) खेली रहेको भन्ने गोप्य सुचना आधारमा छापा हानेको थियो ।
प्रहरीको विशेष स्रोतका अनुसार कोरोना महामारीका विच अबैध तवरबाट जुवा खेलाईरहेको सुचना प्रहरीलाई प्राप्त गरेको थियो सुरूमा हाम्रो सिभिल प्रहरी परिचालित थिए एकिन भएपछि प्रहरी जुवा अड्डामा छाप हान्दै ५ जना जुवाडे पक्राउ गर्न सफल भयौ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला काठमाण्डौ नागार्जुन न।पा वडा नं. ५ घर हुने बर्ष ५० को भाईराजा शाहा ठकुरीको साथबाट नगद रकम रु पाँच हजार रुपैया,जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं. ५ घर हुने बर्ष ५० को मिन बहादुर रजालको साथबाट नगद रकम रु सत्र हजार रुपैया ,जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं. १० घर हुने बर्ष २६ को पर्वत खड्काको साथबाट नगद रकम रु नौ हजार रुपैया, जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं. ५ घर हुने बर्ष ४७ को कृष्ण बिडारीको साथबाट नगद रकम बत्तिस हजार रुपैया,जिल्ला काठमाण्डौ नागार्जुन न.पा.वडा नं.५ घर हुने बर्ष ३७ को कुमार लामाको साथबाट नगद रकम रु सैतिस हजार पाँच सय सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाको साथबाट तास ५२ प्रति, तास खेल्न प्रयोग गरिएको मण्डी थान १ र जम्मा नगद रकम रु १ लाख ५ हजार ५ सय समेत रितपुर्बक बरामद गरिको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेका विरूद थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ गरिएका पाँच जनालाई जुवा ऐन अन्तर्गत म्याद थप गरि कारबाही गरिने भएको छ ।

