एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ


रूपन्देही – रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ स्थित लखनौतियाबाट कार्तिक २१ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही गाँउपालिका १ श्रीरामपुर बस्ने अखिलेश हरिजनलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस मैनीहवाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज हरिजनलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नोफिन ४४ वटा, प्रोमेथाजिन हाईड्रोक्लोराईड ईन्जेक्सन ४४ वटा र डाईजपाम ईन्जेक्सन ४४ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका हरिजनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले कार्तिक २१ गते ओनेरे नामक २० बोतल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेट ईलाकाबाट सोही महानगरपालिका २ छप्कैया बस्ने २३ बर्षिय सफरोज शेखलाई उल्लेखित लागूऔषधसहित पक्राउ गरिएको हो ।

एपीएफ टोलीले निज शेखलाई शंका लागि जाँच गर्दा निजले ६ वटा खेलौनाभित्र लुकाई छिपाई ल्याँउदै    गरेको अवस्थामा उल्लेखित लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका शेखलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

प्रतिक्रिया