

प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगे महन्थ ठाकुर

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री ओली र ठाकुरबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजै एमाले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच चार घण्टा लामो संवाद भएको थियो । एक्लाएक्लै भएको संवाद सहमति नजिक देखिएको नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त सरकारका लागि दाबी नगर्ने भएपछि ओली फेरि प्रधानमन्त्री बन्दैछन् ।

