जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो बालुवाटारमा


काठमाडौं – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन्।

ओली र एमालेका नेता माधव नेपालबीच वार्ता चलिरहेको बेलै बालुवाटार छिरेका ठाकुर र महतोले प्रधानमन्त्रीसँग नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्दैछन्।

ओली र नेपालबीच भएको भेटवार्तामा एकखालको सहमति भएको छ।भेटवार्तामा २८ फागुनको निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा सहमति भएको हो।

ओली हटाउने सन्दर्भमा जसपाको महन्थ ठाकुर पक्ष असहमत हुनु र एमालेको माधव पक्षले राजीनामा नदिनुले बहुमत नपुगेसँगै कांग्रेस–माओवादी गठबन्धन शीतल निवास जाने कुराबाट ब्याक भएको छ।

कांग्रेस–माओवादी गठबन्धनले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएपछि अब ओली नै प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको छ। राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत दावी गरेर आउन दिएको समय आज राति नौ बजेबाट सकिदैँछ।

प्रतिक्रिया