सरकारको दाबी गर्न विपक्षीले सकेनन्, आजै राति ओली पुनः प्रधानमन्त्री नियुक्त हुने


काठमाडौं – संसदमा विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । काँग्रेस- माओवादी- जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउन नसक्दा प्रतिनिधिसभामा बैशाख २७ मा विस्वासको मत गुमाएका ओली नै आज राति ९ बजेपछि पुन प्रधानमन्त्री बन्ने भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दिएकी थिइन् । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् ।

विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले अब संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।

 

प्रतिक्रिया