प्रचण्ड देउवा निवास बूढानीलकण्ठमा


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेस सभापति शरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्।

केहीबेरअघि उनी त्यहाँ पुगेको स्रोतले बतायो। राजनीति निर्णायक घडीतिर अघि बढिरहेको छ। २८ वैशाखमा प्रधानमन्त्रीले सदनमा विश्वास गुमाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान भएको तीन दिनको समयसीमा आज राति ९ बजेबाट सकिँदैछ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिनै लाग्दा नेताहरुको दौडधुप जारी छ। विशेषगरी विपक्षी गठबन्धनहरु देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन लागिपरेका छन्।

यसअघि जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो देउवालाई भेटेर फर्किएका थिए। महन्थ र राजेन्द्रसँग भेटवार्ता लगतै सभापति देउवाले बोलाए काँग्रेस पदाधिकारी बैठक बोलाएका छन्।

यता नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच क्याप्टेन रामेश्वर थापाको निवास चपलीहाइटमा भेटवार्ता भइरहेको छ।

प्रतिक्रिया