

महन्थसँग कुरो नमिलेपछि देउवा–प्रचण्ड वार्ता जारी, कांग्रेस पदाधिकारी बोलाइयो

काठमाडौं– बुढानिलकण्ठमा जसपा अध्यक्ष महन्थ ठाकुरसँग कुरो नमिलेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिने भएपछि बहुमतको सरकार बनाउनका लागि सकस परेको छ। जसपाको एउटा कित्ताले सरकार बनाउन सहयोग नगर्ने भएपछि देउवा सशंकित बनेका छन्।
उनले बहुमत नपुग्ने विषयको गणितलाई कांग्रेस पदाधिकारी बैठकमा राख्ने भएका छन्। त्यसका लागि बैठक समेत डाकिएको छ। माओवादी अध्यक्ष प्रचण्डलाई देउवाले बहुमत पुग्न नसक्ने जानकारी गराएको स्रोतले बतायो।

