
देउवा निवास बूढानीलकण्ठमा राजेन्द्र महतो
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतो बूढानीलकण्ठ पुगेका छन्।
बिहीबार बिहान ११ः१५ बजेतिर महतो देउवालाई भेट्न बूढानीलकण्ठ पुगेको स्रोतले जानकारी दियो। राजनीति निर्णायक घडीतिर अघि बढ्दा महतो देउवा निवास पुगेका हुन्।
प्रधानमन्त्रीले सदनमा विश्वास गुमाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान भएको तीन दिनको समयसीमा आज राति ९ बजेबाट सकिँदैछ।
नेता महतो विपक्षी गठबन्धनको विपक्षमा छन्। यस्तो बेलामा महतो बूढानीलकण्ठ पुगेर देउवालाई भेट्नुले थप शंका उब्जाएको छ।



कागजपत्र |
