यस्ता छन् निषेधाज्ञामा मानसिक स्वास्थ्यको स्याहार गर्ने ९ उपाय


काठमाडौँ – नेपालमा पछिल्लो समयमा तिव्र रुपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले मुलुकका केही जिल्ला बाहेक सबै जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

सरकारले जारी गरेको निषेधाज्ञा अवधिभर अत्यावस्यक बाहेक घरबाहिर ननिस्कन निर्देशण जारी गरेको छ । जसकारण अधिकाशं मानिस घरभित्र बस्न बाध्य भएका छन् । उक्त समयमा धेरै व्यक्तिमा मानसिक तनावका करण विभिन्न किसीमको स्वास्थ्य समस्या उत्पन्न भएको पाइएको छ ।

कोरोना भाइरस संक्रमण जोखिमको जटिल परिस्थितिमा घर भित्र बस्न बाध्य भएका बालबालिका बृद्ध बृद्धा लगायत सम्पुर्ण व्यक्तिले आफ्नो शारिरीकसंगै मानसीक स्वास्थयको पनि ख्याल गर्नु आवश्यक छ ।

स्वास्थ्य तथा जनसंख्याा मन्त्रालयका अननुसार निषेधाज्ञा अवधिमा यि कार्यहरु गरेर मानसीक स्वास्थ्यको स्याहार गर्न सकिन्छ ।

मानसीक स्वास्थ्य स्याहारमा ध्यान दिनुपर्ने कुराहरु:
-नियमीत रुपमा शारीरिक व्यायाम योग ध्यान गर्ने
-घरायसी काम तथा पारिवारीक छलफलमा सहभागी हुने
-आफुलाई मनपर्ने खेल खेल्ने, किताब पढ्ने, लेख्ने, रचनात्मक चलचित्र हेर्ने
-सजिलोसँग पच्ने र पोषण युक्त खानेकुरा खाने
-दैनिक कार्यतालिका बनाएर आफ्नो दिनचर्यालाई व्यस्त तथा सक्रिय राख्ने
-सामाजिक संजालको प्रयोग घटाउने र अधिक समाचार नहेर्ने
-टाढा भएपनि आफन्त र साथि भाई सँग नियमित सम्पर्कमा रहने
-तनाव व्यवस्थापन गर्न गाह्रो परेमा मनोचिकित्सक वा मोविद संग परामर्श गर्ने
-पर्याप्त मात्रामा सत्ने

प्रतिक्रिया