

नेपालमा एकैदिन कोरोनाबाट १३९ जनाको मृत्यु, ४ हजारबढी संक्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै धेरै पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट नेपालमा थप १३९ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ९२७१ जना संक्रमित थपिएका छन् ।
त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ७ जना कोरोनामुक्त भएका छन् ।

