नेता खनाल संक्रमणमुक्त


काठमाडाैं – नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ संक्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ संक्रमणमुक्त भएका हुन् ।

उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा संक्रमण नदेखिएको बताए । उनका अनुसार संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनेछन् ।

संक्रमित भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया