भारतीय अभिनेत्री कंगनालाई कोरोना संक्रमण


एजेन्सी – बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले शनिबार सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएकी हुन् ।

उनले केही दिन अगाडि कोरोना परीक्षणका लागि स्वाब दिइएकी थिइन् । आज उनमा संक्रमण पुष्टि भएको जानकारी गराएकी छन् ।

उनी डाक्टरको सल्लाहअनुसार होम आइसोलेसनमा बसिरहेकी छन् । उनले कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी थिइन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेकी छन्, ‘मलाई केही दिनदेखि थकाई महसुस भइरहेको थियो । आँखा पोलिरहेको थियो । मैले हिमाञ्चल जानुभन्दा अगाडि कोरोना परीक्षण गराएको थिएँ । आज नतिजा आएको छ । म अहिले घरभित्र नै बसिरहेकी छु ।’

प्रतिक्रिया