

पर्वतमा मलामी बोकेको जीप दुर्घटना हुँदा १५ जना घाइते

पोखरा – पर्वतमा मलामी बोकेको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
शव दाहसंस्कारका लागि मलामी बोकेर ठुलीपोखरीबाट मोदी तर्फ जाँदै गरेको जीप कुश्मा नगरपालिका १० पिपलटारी गहतेमा दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।
मृगौलाको उपचार गराइरहेका बिरामीको मृत्यु भएपछि दाहसंस्कारका लागि मलामी बोकेर मोदीतर्फ हिँडेको ग २ च ५२१३ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित अन्य १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी विश्वराज अधिकारीले जानकारी दिए ।
उनले दुर्घटनाका घाइतेहरुको पर्वत अस्पतालमा उपचार भइरहेको बताए । डिएसपी अधिकारीले अधिकांश घाइतेहरू सामान्य अवस्थामा रहेको र तीनजना मध्यम खालको रहेको बताए ।
जीप दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डिएसपी अधिकारीले बताए ।

