

राष्ट्रियसभा उम्मेद्वारको टुंगो नलाग्दै ओलीले बोलाए शीर्ष नेताहरुलाई बालुवाटार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेताहरुलाई बालुवाटारमा बोलाएका छन्।
बाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन ओलीले नेताहरुलाई बालुवाटार बोलाएका हुन्।
उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेद्वारबारे टुंगो लगाउन स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफलका लागि अध्यक्ष ओलीले बालुवाटार बोलाएको बताइएको छ।
बाग्मतीको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको उम्मेद्वारी मनोनयनको समय आज तोकिएको छ। बैठक अनौपचारिक भएको जानकारी संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।
उपनिर्वाचनका लागि आज १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन गर्नुपर्नेछ। एमालेले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाउने भने पनि निर्णय गरिसकेको छैन।

