राष्ट्रपतिको उपस्थितिमा ओली र नेपालबीच मध्यरातसम्म वार्ता


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार मध्यरातिसम्म वार्ता भएको छ। राष्ट्रपतिको उपस्थितिमा ओली–नेपालबीच शीतल निवासमा वार्ता भएको हो।

नेकपा एमालेको विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष ओली र बरिष्ठ नेता नेपाललाई सँगै राखेर विहीवार मध्यरातिसम्म छलफल गरेकी हुन्।

निर्णायक भनिएको वार्ता राति १२ बजेसम्म चलेको थियो। दुवै नेताबीच भएको वार्तामा ‘भद्र सहमति’ भएको बताइए पनि त्यसबारे केही बाहिर आएको छैन्।

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई भेटेर शीतल निवास पुगेका नेपालसँग राष्ट्रपतिले कुरा गरिरहेकै बेला प्रधानमन्त्री समेत रहेका ओली पनि मिसिएको स्रोतले जनाएको छ।

विहीवार नै राष्ट्रपति भण्डारीले ओली र नेपालसँग अलग–अलग छलफल समेत गरेकी थिइन्। अहिले प्रधानमन्त्री ओलीसहित पार्टीका शीर्ष नेताहरू बालुवाटारमा बैठक बस्दैछन्।

प्रतिक्रिया