देशभर थप २७ जनामा कोरोना संक्रमण


काठमाडाैं – पछिल्लाे २४ घण्टामा देशभर थप २७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

शनिबार २७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। २३ जनाको पिसिआर र ४ जनाको एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

१८ सय २ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन।

१६ जना उपचारपछि डिस्चार्ज समेत भइसकेका छन्। अहिले देशभर १८८ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया