देशभर थप ६ जनामा कोरोना संक्रमण, १३ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका थप ६ जना नयाँ संक्रमित थपिएका छन् । २ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १३ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ । यो अवधिमा कोही पनि संक्रमितको मृत्यु भएको छैन ।

प्रतिक्रिया