बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु


काठमाडौँ – बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु भएको छ।

गएराति ८ बजे परेको चट्याङले पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको हो।

घर नजिकैको अन्न पिध्‍ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गस्तीमा हिँडेका प्रहरी सहायक निरीक्षकको चट्याङ लागेर मृत्यु
चट्याङ लागेर झापामा प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ। सोमबार राति १० बजेतिर साइकल गस्तीमा हिँडेका बेला भद्रपुर नगरपालिका–२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनी सो चौकीका प्रमुखसमेत हुन्। गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको थियो । चट्याङले लाग्नासाथ उनलाई उपचारका लागि भद्रपुरको पाथीभरा अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।

प्रतिक्रिया