खुलामञ्च होइन पार्टी प्यालेसमा लगेर खाना खुवाउनुस्ः महानगरप्रमुख शाक्य


काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना महामारीको बेला काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाईरहेका स्वयंसेवीहरुलाई पार्टी प्यालेसमा खाना खुवाउन अनुरोध गरेका छन् ।

खुलामञ्चमा खाना खुवाउन रोकेपछि चर्को आलोचना खेपिरहेका बेला महानगरप्रमुख शाक्यले उक्त कुरा बताएका हुन् । शाक्यले पत्रकार सम्मेलन गर्दै दाता एवं स्वयंसेवी संस्थाहरुलाई पार्टी प्यालेसमा खाना खुवाउने व्यवस्था गरेमा महानगरपालिकाले खर्च व्यहोर्ने बताएका हुन्।

सार्वजनिकस्थलमा खाना खुवाउँदा धुवाँ धुलो हुनाले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने शाक्यको तर्क छ।

उनले भने,‘महानगरपालिका पनि सामाजिक कार्यमा सक्रिय छ। महानगरको ३२ वडामै ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारा लिएर अघि बढेको छ। खाना खुवाउने संघ संस्थाले पार्टी प्यालेसमा खाना खुवाउने व्यवस्था मिलाउनुस्, महानगरपालिकाले खर्च व्यहोर्छ।’

प्रतिक्रिया