

…उता दिपक मनाङे सम्पर्कविहीन

काठमाडौं– गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे मोबाइल अफ गरी सम्पर्कविहीन भएका छन्।
प्रदेश सभामा बुधबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा छलफल चलिरहेका बेला मनाङे सम्पर्कमा नआएका हुन्।
उनी छलफलमा पनि सहभागी छैनन्। एमालेको चुनाव चिन्हबाट मनाङबाट निर्वाचित भएका मनाङे मुख्यमन्त्रीको पक्षमा रहेको बताइएको थियो। उनी एक्लै स्वतन्त्र सांसदका रुपमा निर्णायक पनि रहेको बताइएको थियो।

