सुरक्षा निकायमा फेरि फैलियो कोरोना, संक्रमित हुनेमा अधिकांश उपत्यकाका


काठमाडौं – नेपाल प्रहरीको प्रधान कार्यालयका उच्च अधिकारीहरुसहित ४० जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अघिल्लो वर्ष पनि प्रहरी प्रधान कार्यालयको सवारी शाखाबाट कोरोना फैलिएको थियो ।

हाल देशभर ९२ जना प्रहरी कर्मचारीमा कारोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये अधिकांश उपत्यकामा कार्यरत छन् । साढे ३७ हजार प्रहरीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको तथ्यांक छ ।

सशस्त्र प्रहरी बलमा पनि ३० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु उपत्यका र ७ नम्बर प्रदेशमा कार्यरत छन् ।

प्रतिक्रिया