

बिहेभोजमा सरिक १५ जनामा कोरोना पुष्टी

काभ्रे — काभ्रेको पनौतीमा बिहे भोजमा सहभागी भएका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहेमा सहभागी भएका एक व्यक्तिमा कोरोना पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा उनका केही छरछिमेकीहरुको परीक्षण गर्दा अन्य १५ जनामा कोरोना पुष्टी भएको छ । ती मध्ये केही जनप्रतिनिधि पनि संक्रमित भएपछि वडा नं. १० को सेवा दुई दिनका लागि बन्द गरिएको पनि जनाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार जिल्लामा बुधबार ५० जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु काभ्रे, पनौती र धुलिखेलका छन् ।

